Dhulikhel Eco Banner new

काठमाडौं महानगरपालिकाद्धारा छात्रवृत्तिको लागि परिक्षा सञ्चालन मिति सार्वजनिक

3.71K
shares

काठमाडौं, २३ असार । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि परिक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ ।

महानगरपालिले महानगरपालिका अन्तरगत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०÷८१ मा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परिक्षा सञ्चालनको मिति सार्वजनिक गरेको हो ।

जसअनुसार, अनलाईन आवेदन फाराम भर्नको लागि मिति असार २८ गते विहान १० बजेदेखि साउन १२ गते बेलुका ५ बजे सम्मको समय तोकिएको छ । यस्तै, छात्रवृत्तिका लागि परिक्षा सञ्चालन हुने मिति साउन २० गते विहान ११ बजेदेखि तोकिएको छ ।

परिक्षामा सोधिने प्रश्न, विषय र क्षेत्र माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा बहुवैकल्पिक वस्तुगत हुने पनि महानगरपालिकाले जानकारी गराएको छ । त्यसैगरि, विद्यालयगत छात्रवृत्तिको कोटा र परिक्षा केन्द्र सम्बन्धी अन्य विवरण भने पछि प्रकाशन हुने व्यहोरा पनि जानकारी गराइएको छ ।