अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० असार २३ शनिवार ०९:५६
shares

काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, अमेरिकी डलरको भाउ बढेको छ । आज एक रुपैयाँले बढेको अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७३ पैसा र बिक्री दर १४४ रुपैयाँ ३९ पैसा रहेको छ ।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३३ पैसा र बिक्री दर १६९ रुपैयाँ ०९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै, क्यानाडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८० पैसा र विक्रि दर ९९ रुपैयाँ २५ पैसा रहेको छ ।



















