मौद्रिक निती आज सार्वजनिक गर्दै राष्ट्र बैंक
वि.सं.२०८० साउन ७ आइतवार १०:५५
shares

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले आज (आइतबार) मौद्रिक नीति सार्वजनिक भएको छ । आज बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि आजै सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक जुटेको हो ।
सरकारले आर्थिक वर्ष २०८०/८१ का निम्ति बजेट सार्वजनिक गरेको डेढ महिना बितेपछि मौद्रिक नीति आउन लागेको हो। राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ।
राष्ट्र बैंकले वैदेशिक मुद्राको सञ्चितिलाई असर नगर्ने, ब्याजदर नियन्त्रण गर्ने लगायतका उपायसहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उद्धार हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने निजी क्षेत्रको माग छ।
बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य, रोजगारी सिर्जना गर्नेदेखि मुलुकको वित्तीय तथा मौद्रिक नीतिको सुधार गर्नेगरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी रहेको छ ।


















