GBIME

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1.07K
shares

काठमाडौं, ७ साउन । कारोबारको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ३०० र तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल एक लाख १२ हजार ८०० र तेजावी एक लाख १२ हजार २५० रुपैयाँ खरिद बिक्री भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । १५ रुपैयाँले घटेको चाँदीको मूल्य तोलामा १ हजार ४६५ रुपैयाँ कायम भएको छ । शुक्रबार भने चाँदी १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।