Dhulikhel Eco Banner new

पेट्रोलियम पदार्थको आपूर्ति गर्न निजी क्षेत्रलाई दिने गरी गृहकार्य भइरहेको छ : मन्त्री बडू

7.92K
shares

काठमाडौं, ८ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको आपूर्ति गर्न निजी क्षेत्रलाई दिने गरी गृहकार्य भइरहेको बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको विश्वव्यापी रुपमा वृद्धि भइरहेको इन्धन र खाद्यान्नको मूल्य र यसले अर्थतन्त्रमा पार्ने प्रभावबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आयल निगमलाई सुधार्न र निगमको एकाधिकार तोड्न पनि दिर्घकालीन रुपमा निजी क्षेत्रको सहभागिताबारे मन्त्रालयले काम गरिरहेको मन्त्री बडूको भनाई छ । इन्धनको आपूर्तिमा निजी क्षेत्रलाई सहभागी गराउँदा निगमलाई सुधार्न पनि यो गर्न छलफल आवश्यक भएको मन्त्री बडुले बताए ।