बजेटले आर्थिक क्षेत्रलाई सम्बोधन गरेन : एमाले
वि.सं.२०७९ जेठ १५ आइतवार १९:१२
5.67K
shares
shares

काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता खगराज अधिकारीले सरकारले कनिका छर्ने किसिमको बजेट ल्याएको बताएका छन् । यो बजेटले कुनै पनि किसिमले आर्थिक क्षेत्रलाई सम्बोधन गर्न नसक्ने उनको भनाई छ ।
बजेट भाषण पछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘यो बजेटमा कुनै विश्वसनियता छैन् । कार्यान्वयन हुने गरि ल्याइएको होइन । नयाँ कुरा केही पनि छैन । विकास परियोजनामा पनि केही भएन् ।’


















