पाँच महिनामा रसुवागढी नाकाबाट १ खर्ब २४ अर्ब बढीको सामान आयात
वि.सं.२०८१ पुस ९ मंगलवार १६:४७
shares

काठमाडौं, ९ पुस । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको पाँच महिना (साउनदेखि मंसिर) सम्मको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरेको छ ।
मंसिर मसान्तसम्म कुल १ खर्ब २४ अर्ब ४२ करोड मूल्य बराबरको तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारी साधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखर, जस्ता वस्तु आयात भएको रसुवा भन्सार कार्यालय जनाएको छ ।
उनी गलैँचा, बक्रम कपडा, तयारी कपडा जडीबुटी, अगरबत्ती समेत १५ करोड बराबरको विविध सामग्री निर्यात भएको जनाएको छ । आयात सामग्रीको नियमानुसार मूल्यांकनबाट १२ अर्ब ४७ करोड राजस्व दाखिला भइसकेको र आयात मालसामान बोकी भन्सार हातामा प्रवेश गरिसकेका करिब दुई सय कन्टेनरको धमाधम मूल्यांकन कार्य अगाडि बढिरहेको जनाएको छ ।


















