GBIME

‘४० जना एमालेका नेता कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन धम्की दिए’

4.49K
shares

उदयपुर, १७ वैशाख । बेलका नगरापालिका वडा नम्बर ९ का स्वतन्त्र वडा अध्यक्षको उम्मेदवार तेजमान विश्वकर्माले उम्मेदवारी फिर्ता लिन आफूमाथि धम्की आएको बताएका छन् ।

केटिएम भ्वाईससँगको कुराकानीमा उनले ४० जना भन्दा बढी एमालेका नेता कार्यकर्ताले उम्मदेवारी फिर्ता लिन धम्की दिएको बताएका हुन् ।

उनले भनेका छन्, “मलाई पार्टी (नेकपा एमाले)ले र अन्य ४० जना भन्दा वढी व्यक्तिले प्रतक्ष, फोनमा उम्मेदवारी फिर्ता लिन निकैनै धम्की दिएको थियो, तर मैले फिर्ता लिनलाई उम्मेदवारी दिएको हैन भनेर उनीहरुलाई जवाफ दिए ।”

उनले सामाजिक सञ्जालमा समेत आफुलाई धम्की दिएको सर्वाजनिक गरेका छन् । उनले फेस्बुकमा लेख्छन्, “कति धम्की दिन्छौ हौ साथी हो पैसामा बिक्ने जस्तो लागो र तेजमान, मैले मेरो वडा ९ को माया भरै स्वतन्त्र उम्मेद्बारी दियको हो तिकिहरुको धम्काइ वडा बासी दाजु भाइ दिदी बैनीले राम्रो जबाफ दिनुहुने छ, बैशाख ३० मा चेतना भया।”

विश्वकर्मा नेकपा एमालेका बागी उम्मेदवार हुन् । उनले आफुभन्दा जुनियर व्यक्तिले टिकट पाएको भन्दौ एमालेको विरुध वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका थिए ।

उनको उम्मेदवारीसँगै बेलका ९ मा एमालेका उम्मेदवार रन्जित राईले निर्वाचन हार्ने निश्चित भएको एमालेका नेता कार्यकर्ता बताउँदै आएका छन् ।