Dhulikhel Eco Banner new

काठमाडौं क्षेत्रनम्बर २ (क) बाट कांग्रेस युवा नेता घिमिरे सिफारिस

18.34K
shares

काठमाडौं, २६ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनका लागि अहिले राजनितीक दलले उम्मेदवार सिफारिस गर्नमा लागिरहेका छन् । यसैक्रममा नेपाली कांग्रेसले काठमाडौंको निर्वाचना क्षेत्र नम्बर २ को क बाट युवा नेता हिमाल घिमिरेको नाम सिफासिर गरेको छ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.२ को बैठकले प्रत्यक्ष तर्फ युवा नेता घिमिरेको नाम सिफारिस गरेको हो । जगदीश घिमिरे प्रतिष्ठानका संचालक समेत रहेका घिमिरेले अमेरिकाबाट अर्थशास्त्र र कम्प्युटरमा स्नातक अध्ययन गर्नुका साथै अष्ट्रेलियाबाट बैंकिङ र फाईनान्समा स्नातकोत्तर अध्ययन गरेका छन् । बिगत लामो समयदेखी राजनीतिमा सक्रिय रहेका घिमिरे अन्य बिभिन्न संघ–संस्थासँग पनि आवद्ध रहेका छन् ।

उनी विभिन्न समय अनुसारका लेख रचना समेत लेख्दै आएका छन् । उनले कान्तिपुर दैनिक, राजधानी दैनिक, द राइजिङ नेपाल तथा नेपाल म्यागजीमा समेत आफ्ना लेख रचनाहरु प्रकाशन गरि सकेका छन् ।

पार्टीले विश्वास गरेर प्रदेश सभा सदस्यका लागि टिकट दिएमा सो क्षेत्रको विकासका लागि सक्दो प्रयास गर्ने बताउँछन् । उनले टिकट पाएमा पुरानो सिनामंगल क्षेत्रको विकास हुने त्यहाँका स्थानीयको विश्वास रहेको छ ।