Dhulikhel Eco Banner new

हराएको टुकुचामा भेटियो श्री ३ वीर लेखिएको इट्टा (भिडियोसहित)

8.92K
shares

काठमाडौं, ८ असोज । बालेन्द्र साहले लामो समयदेखि भुमिगत रहेको टुकुचा खोला उत्खन गरे । उनले गरेको त्यो कार्यलाई कसैले सकारात्मक रुपमा लिए भने कसैले पुरात्वका विषय एकिन गरेर मात्रै उत्खनन् गर्नु पर्ने आवाज उठाइ रहेका छन् ।

केटिएम भ्वाइसको टोली शनिबार बालेन उत्खन्न गरेर बाहिर ल्याएको टुकुचा स्थल जय नेपाल हलमा पुग्दा त्यहाँ निकै पुराना इट्टाहरु भेटिए । श्री ३ वीर लेखिएका इट्टाहरु प्रयोग भएर कलात्मक रुपमा बनाएको पाइएको छ । अहिले पुरातत्व विभागले पनि खोला भुमिगत बनाउँदा प्रयोग गरेका इट्टाको विषयमा अध्ययन गरिरहेको छ । यदि त्यो भुमिगत बनाउन प्रयोग भएको इट्टा पुरातत्वका हिसाले महत्वपूर्ण भएमा उत्खन्नको कार्य रोक्नु पर्ने पुरातत्व विज्ञहरुले बताउँदै आएका छन् ।

खोला बाहिर ल्याउन ठिक भए पनि यसको एतिहासिकतालाई संरक्षण गर्नु पर्ने त्यो स्थानमा भेटिएका राम प्रसाद पौडेलले बताए । त्यो खोलामा भएको इट्टा र बनावट हेर्दा यो निर्माण पञ्चायतभन्दा पहिले नै भएको सहजै अनुमान गर्न सकिने उनको भनाइ छ । ‘मैले १३० वर्ष पहिले बनेको भन्ने सुनेको छु, यदि यस्तो हो भने यो पुरातत्व विभागको क्षेत्रमा पर्न सक्छ,’ उनले भने ।

जयनेपाल हल नजिकै खोला उत्खनन् गर्दा त्यहाँको सडक पेटी समेत भासिएको छ । त्यसरी सडक पेटी भास्सीनुलाई पनि केहीले राम्रो काम गर्दा केही नराम्रो हुने भन्दै सकारात्मक रुपमा लिएका छन् । बालेने गरेका कार्य निकै राम्रा भएकाले अझै पनि जारी राख्न र सहरलाई व्यवस्थित बनाउन निरन्तर लागिरहन आग्रह गरेका छन् ।

यस्तो कार्य गर्नु निकै राम्रो रहेको त्यहाँ भेटिएका बसन्त भुजेलको भनाइ छ । खोलामाथि नै घर बनाउँदा समेत किन अहिलेसम्म बाहिर नहाउनु निकै दुखत भएको उनले बताए । त्यस्तै कविता खेतानले पनि यो कार्य निकै राम्रो रहेको बताएकि छन् । देशको उन्ततिका लागि गरिएकाले यस्तो कार्यमा सबैले सहयोग गर्नु पर्ने उनको भनाइ छ ।

भिडियो :