नेपाली बाबा एमाले छोडेर जसपा प्रवेश
वि.सं.२०७९ असोज १३ बिहीवार १७:५०
shares

काठमाडौं, १३ असोज । आशन्न निर्वाचनमा उमेदवार बन्न गंगाराम यादव (नेपाली बाबा) जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । बिहीबार धनुषाको सहिदनगर नगरपालिका यादुकोहास्थित जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
उनी नेकपा एमालेको राजनीतिक सल्लाहकार समिति सदस्य थिए । शनिबार निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचित सांसद तथा लोसपा नेता उमाशंकर अरगरिया एमाले प्रवेश गरेका थिए । त्यसपछि सोमबार उनले पार्टी त्याग गरेको घोषणा गरेका थिए । एमालेले उनको नाम यी क्षेत्रबाट एकल सिफारिस गरेको थियो । तर, सोही क्षेत्रमा अरगरिया एमाले प्रवेश गरेसँगै टिकट पाउने सम्भावना नदेखेपछि यादवले एमाले छोडेका हुन् ।
उनी ३० वर्षदेखि एमालेमा आबद्ध थिए । यादव यस क्षेत्रको प्रभावशाली नेता मानिन्छ । पार्टीले पटकपटक आफूविरुद्ध षड्यन्त्र गरेको उनको गुनासो छ । यो क्षेत्रमा गठबन्धनबाट कांग्रेसले टिकट पाउने सम्भावना बढी छ । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले सबैभन्दा बढी मत ल्याएको थियो ।















