Dhulikhel Eco Banner new

रुकुम पूर्वमा माओवादीका पूर्ण बहादुर घर्ती विजयी

6.75K
shares

काठमाडौं, ७ मंसिर । रुकुम पूर्वमा नेकपमा माओवादी केन्द्र विजयी भएको छ । त्यहाँबाट माओवादीका पूर्णबहादुर घर्ती विजयी भएका हुन् ।

उनले १२ हजार २६२ मत ल्याएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार २ सय ११ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८९६ मत प्राप्त गरेका थिए । प्रतिनिधिसभामा विजयी घर्ती लुम्बिनी प्रदेशसभाको पूर्वसभामुख हुन् ।