Dhulikhel Eco Banner new

५६ सालमा सुरु गरेको परम्परा कर्ण थापाले तोडे, भन्छन्– रगतको टिका लागेको विजयी सभामा जान सकिनँ

56.86K
shares

काठमाडौं, १८ मंसिर । राजनीतिमा हार जित अवश्यक हुन्छ । हार्नेहरु दुखी हुने र जित्नेहरु खुसी हुने निर्वाचनको सामान्य प्रक्रिया हो । चुनाव हार्ने र जित्नेबीचको मित्रता विरलै देखिन्छन् । हिजो आज फाट्टफुट्ट जित्नेलाई हार्नेले बधाई दिएको समाचारहरु सुनिन्छन् । तर, २०५६ सालमै चुनाव जित्ने व्यक्तिलाई विजयी सभामै गएर पराजय बेहोरेका नेता कर्णबहादुर थापाले नयाँ परम्परा सुरुवात गरे । निर्वाचन पछि हार्ने र जित्नेबीच हुने ‘पानी बाराबार’को अवस्थालाई परिवर्तन गर्दै विजयी सभामै गएर बधाई दिने परम्परा थापाले आफै तोडेका छन् ।

५६ सालमा आफैले सुरु गरेको परम्परा तोड्न आफू बाध्य भएको थापाले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै इतिहासकै क्रुर हत्या भएको भन्दै यो अवस्थामा निर्वाचनलाई स्वीकार गर्न नसकिने बताएका छन् । बाजुरामा निर्वाचनका बेला एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने एक जनाको घरबाट निकालेर कुटपिट पछि हत्या गरिएको थियो ।

‘संघ र प्रदेशमा विजयी भएका उम्मेदवारलाई बधाई दिन्छु, १७ वटा मतदानकेन्द्र कब्जा गरी निर्वाचन जितेकाहरुलाई मेरो अन्तरमनले स्वीकार गरेन’ फेसवुकमा नेता थापाले लेखेका छन्, ‘विजयी साथीहरुको निधारमा चेतन अएडी र सञ्जिव अएडीको रगतको टिका लागेको देख्न म विजय सभामा उपस्थित हुन सकिनँ ।’

यसका साथै एमालेलाई मतदान गर्ने मतदातालाई उनले धन्यबाद दिएका छन् । मंसिर ४ गते बाजुराको त्रिवेणी नगरपालिकाको मतदान केन्द्रमा विवाद हुदा गोली चलेको थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सञ्जिव अएडीको मृत्यु भएको थियो । उक्त घटनापछि एमालेले पुनः मतदानको माग गरेको थियो । तर, आयोगले मतगणना गर्न निर्देशन दिएको थियो । मतपरिणामबाट एमालेका थापा पराजित भए । त्यहाँ कांग्रेसका बद्री पाण्डे विजयी भएका छन् ।

बाजुरमा आफूले बसालेको परपरालाई निरन्तरर्ता दिन नसकेको भन्दै आम जनाता समक्ष माफि समेत मागेका छन् । ‘विगतमा बाजुरामा चुनाव जित्नेहरू उन्मादले मात्तिने र पराजितहरू भाग्ने गलत राजनीतिक व्यवहारलाई अन्त्य गर्दै २०५६ सालमा आफूले हारेर पनि नभागेको र जित्नेलाई विजयीसभामै गएर बधाई दिने पराम्परा बसाएको तर यो पटक प्रतिपक्षको विजयीसभामा जान सकिनँ,’ उनले लेखेका छन् ।