मतदाता नामावली अध्यावधि गर्न माग
वि.सं.२०७९ फागुन १६ मंगलवार १६:४०
shares

काठमाडौं, १६ फागुन । उदयपुरका राजनैतिक दलहरुले मतदाता सूचीमा रहेको नाम अध्यावधि गर्न माग गरेका छन् । जिल्ला निर्वाचन आयोगको कार्यालले गरेको मतदाता नामावली अध्यावधिक दाबी विरोध विषय अन्तरक्रिया कार्यक्रममा राजनीति दलहरुले दोहोरो नामावाली, मृत्यु भएका तथा बसाईसरी गएकाहरुको नाम हटाउने कार्यलाई नियमित बनाउन माग गरेका हुन् ।
यसअघि निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेपछि मात्र दावी विरोध र मतदाता नामावली अध्यावधिक कार्यक्रम संचालन गर्ने गर्दथ्यो । निर्वाचन आयोगले फागुन २२ गतेदेखि चैत १ गतेसम्म मतदाता नामावलीको अध्यावधिक गर्ने कार्यक्रमको जानकारी दिन जिल्लाका सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाएपछि फोटो सहितको नामावली संकलन गर्ने कार्य केही महिनादेखि स्थगित भएकोमा उक्त कार्यलाई सुचारु गर्नु पर्ने नेकपा एमालेका अध्यक्ष प्रमेश्वर घिमिरेले बताए ।
राजनैतिक दलहरुले वडा कार्यालयले मृत्यु तथा बसाईसरी गएकाहरुको विवरण उपलब्ध गराउन वेवास्था गर्ने गरेकाले पालिकाहरुलाई निर्वाचन आयोगको कामलाई प्राथामिकता दिन आग्रह गर्नु पर्ने सुझाव आएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले जानकारी दिए । साथै पालिकामा रहेका निर्वाचन सम्पर्क व्यक्तीहरुलाई नै कामको रुपमा जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचन पछि उदयपुरमा ७ हजार मतदाता थपिएका छन । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा २ लाख २८ हजार ९ सय ४६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।















