Dhulikhel Eco Banner new

पाटन क्याम्पसको स्ववियु निर्वाचनमा क्याम्पस प्रमुख कै षड्यन्त्र

7.14K
shares

काठमाडौ, २९ फागुन । स्ववियु निर्वाचनमा षड्यन्त्र भयो भन्दै पाटन बहुमुखी क्याम्पसमा ८ विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । तत्काल चुनावी कार्यतालिका सार्वजनिक गरिनुपर्ने उनीहरुको माग रहेको छ ।

कार्यतालिकाअनुसार स्ववियु चुनावको उम्मेदवारी मनोनयन शनिबार रहेको थियो । तर नेपाली कांग्रेस निकट विद्यार्थी संघठनको केही विद्यार्थीले निर्वाचन कार्यालय नै तोडफोड गरेपछि मनोनयन प्रक्रिया रोकिएको थियो । आइतबार विद्यार्थी संघठनसंग सहमति जुटाउन सर्वपक्षीय बैठक हुँदा मुख्य निर्वाचन अधिकृतसहित सबै निर्वाचन अधिकृतले राजिनामा दिएका थिए ।

अधिकृतहरुको राजिनामा राजनितिक चलखेल भएको साथै चुनाव हुन नदिन चुनावी माहोल भाड्न खोजेकोे आरोप समेत लगाएका छन् । निर्वाचन अधिकृतको राजीनामा पछि चुनाव अनिश्चत भएको भन्दै नेविसंघ, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, नेपाल क्रानितकारी विद्यार्थी संगठन, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त विज्ञप्ती निकाल्दै चुनाव भाड्ने षडयन्त्र भएको आरोप लगाएका हुन्।

चुनावी प्रक्रिया सुरु नगरे क्याम्पस प्रमुखले राजिनामा दिनुपर्ने समेत माग गरेका छन् । क्याम्पस प्रमुखले आफ्नो आस्थाको विद्यार्थी संघठनले हार्ने बुझेर चुनावी माहोल बिथोल्न षड्यन्त्र गरेको संयुक्त विद्यार्थी संघठनको आरोप छ । विज्ञप्तीमा भनिएको छ, ‘रोकिएको निर्वाचन प्रक्रिया सुचारु नगरे क्याम्पस प्रमुखले तत्काल राजीनामा गरी निमित्त क्याम्पस प्रमुखबाट निर्वाचन गराउने आवश्यक निर्णय गर्न त्रिभुवन विश्वविद्यालय प्रशासनसँग माग गर्दछौं ।’

उनीहरुले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा रोक लगाउने समेत चेतावनी दिएका छन् । पाटन क्याम्पसमा अहिलेसम्म कुनै उम्मेदवारी मनोनयन हुन सकेको छैन । स्ववियु निर्वाचन चैत ५ गतेलाई तोकिएको छ ।