शेयर बजार ओरोलो लाग्ने क्रम जारी, कारोबार रकम १ अर्ब १६ करोड
वि.सं.२०७९ फागुन २९ सोमवार १५:१६
shares

काठमाडौं, २९ फागुन । सोमबार पनि शेयर बजार राताम्य बनेको छ । शेयर कारोबार हुने साताको दोस्रो दिन बजार १.२५ प्रतिशतले घटेको हो । सोमाबर २४ दशमलव ६८ अंकले घटेर १९५१ दशमलव २१ अंकमा पुगेको छ ।
आइतबार पनि शेयर बजार राताम्य बनेको थियो । आज शेयर बजारमा २५६ कम्पनीका ३३ लाख ६९ हजार १३६ कित्ता शेयर कारोबारबाट १ अर्ब १६ करोड २५ लाख ३ हजार ५१५ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै क वर्गको मापक सेन्सटिभ इन्डेक्समा पनि १.४६ प्रतिशतले घटेको छ । सोमबारको कारोबार बन्द हुँदा सेन्सेटिभ इन्डेक्स ५ दशमलव ४६ अंकले घटेर ३६८ दशमलव ४९ विन्दुमा पुगेको छ । पछिल्लो समय लगातार रुपमा शेयर बजार परिसूचकमा गिरावट आइरहेको छ ।
















