GBIME

पीएनजी माथि नेपालकाे सहज जित

954
shares

काठमाडौं, २९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले फराकिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटको पराकिलो अन्तरले पराजित गरेको हो ।

पीएनजीले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो । नेपालको जितमा ओपनर आशिफ शेखले अविजित ५१ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेलले ३३ रन बनाए । कुशल मल्ल १२ रनमा नटआउट रहे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन मात्रै बनाउन सक्यो । नेपाली बलर हाभी भएको खेलमा पीएनजीका लागि कप्तान असद भालाले सर्वाधीक २० रनको योगदान दिए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए । पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै ललित नारायण राजवंशी र कुशल मल्लले समान २÷२ तथा सोमपाल कामीले १ विकेट लिए ।

यो जितसँगै नेपालको विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन एक जित मात्रै टाढा रहेको छ । नेपालले अब हुने युएई विरुद्धको खेलमा जित निकालेको खण्डमा सिधै विश्वकप छनोटमा स्थान बनाउने छ । जितसँगै नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा रहेको छ । नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा यूएईसँग बिहीबार खेल्नेछ ।