Dhulikhel Eco Banner new

ऋणपत्र निष्काशन गर्दै नेपाल एसबिआई बैंक

5.92K
shares

काठमाडौं, १४ असार । नेपाल एसबिआई बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले असार २२ गतेदेखि ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ नाम दिएको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि ५ वर्ष रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सो ऋणपत्र खरिदका लागि छिटोमा असार २६ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन ४ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।