Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम घट्यो

3.45K
shares

काठमाडौं, १२ फागुन । मंगवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २१.६२ अंकले बढेर २,६३८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २१३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ७७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी नेपाल एसबीआई बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ३.५८ प्रतिशतका दरले गुमाएका छन् ।