Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.63K
shares

काठमाडौं, १२ फागुन । मंगवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २१.६२ अंकले बढेर २,६३८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २१३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ७७ करोडको कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले ९.३१ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले ९.१५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सागर डिस्टिलरी लिमिटेडका लगानीकर्ताले ८.९६ प्रतिशतका दरले कमाएका छन् भने बन्दीपुर केबलकार लिमिटेडका ८.३४ प्रतिशतका दरले कमाएका छन् ।