Dhulikhel Eco Banner new

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो

1.26K
shares

काठमाडौं, २ वैशाख । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३३.२७ अंकले बढेर २,८६६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन १० अर्ब ५३ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा होटल फरेस्ट, पाल्पा सिमेन्ट उद्योग, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, सिन्धु विकास बैंक, रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी रिलाइन्स इस्पिनिङ मिल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.६१ प्रतिशतका दरले गुमाएका छन् ।