Dhulikhel Eco Banner new

अप्पर सोलु हाइड्रोको आईपीओ खुल्यो

5.73K
shares

काठमाडौं, २० असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आज अर्थात असार २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन बन्द छिटोमा असार २३ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २ गतेसम्म लम्बिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।