ङादी ग्रुपको शेयरमूल्य समायोजन
वि.सं.२०७९ असार २० सोमवार ०८:४७
shares

काठमाडौं, २० असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयर समायोजन भएको जनाएको छ । समायोजनपश्चात कम्पनीको शेयरमूल्य २६३ रुपैयाँ ६० पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५०९ रुपैयाँमा कारोबार भएको थियो ।
कम्पनीले १५० प्रतिशत अर्थात १ एक कित्ता बराबर १.५ अनुपातमा एक अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । त्यसको १५० प्रतिशत हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।















