Dhulikhel Eco Banner new

शेयर बजारमा सुधार आएपनि कारोबार भने खुम्चियो

4.15K
shares

काठमाडौं, ११ असोज । साताको तेस्रो कारोबारको दिन नेप्से पसिरसुचक १५ दशमलव ९२ अंकले बढेको छ । साताको पहिलो र दोस्रो दिन नेप्से परिसुचकमा भारी गिरावट आएपनि तेस्रो कारोबारको दिन भने सामान्य सुधार भएको हो ।

मंगलबार नेप्से परिसुचक शुन्य दशमलव ८८ प्रतिशतले बढेर १८३१ दशमलव ०५ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार ममापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५४ अंकले वृद्धि भएको छ । आज दिनभर भएका १६ हजार ८ सय २३ कारोबारबाट २२९ कम्पनीका २१ लाख ७ हजार ७ सय ४२ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज दिनर भएको सम्पूर्ण कारोबार रकम ६६ लाख ३० लाख १३ हजार पुगेको छ ।