Dhulikhel Eco Banner new

ईङवा हाइड्रोपावरको आईपीओ खुल्यो

6.6K
shares

काठमाडौं, २१ फागुन । ईङवा हाइड्रोपावर लिमिटेडले आज आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिने शेयरमा ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गाउँपालिका–३, पाँचथर जिल्लाको याङवरक गाउँपालिकाका वडा नं. २ र वडा नं. ३ का बासिन्दाले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आगामी चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सो अवधिमा माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ लिमिटेड रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी वैदेशिक रोजगारीमा रहेको नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।