GBIME

शेयर बजार ५ अंकले घट्यो, कारोबार रकम ९१ करोड मात्रै

936
shares

काठमाडौं, २१ चैत । शेयर बजार परिसूचक मंगलबार पनि ओरोलो लागेको छ । साताको तेस्रो कारोबार दिन शेयर बजार परिसूचक ५ दशमलव २० अंकले घटेको हो ।

शेयर बजार परिसूचक ५ अंकभन्दा बढीले ओरोलो लागेर १८६६ दशमलव ६८ विन्दुमा झरेको छ । अघिल्लो दुई दिन दोहोरो अंकले आरोलो लागेको थियो । मंगलबार परिसुचकसँग कारोबार रकमका पनि गिरावट आएको छ । मंगलबार २६४ कम्पनिका २९ लाख ७१ हजार ९४७ कित्ता शेयर किनबेचबाट ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ७३ अंकले घटेको छ । सेन्सेटिभ इन्डेक्स ३५१ दशमलव ९७ विन्दुमा झरेको छ ।