कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७९ जेठ ६ शुक्रवार १७:०४
5.79K
shares
shares

काठमाडौं, ६ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको छ । बैंकको ३० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले गत माघ ७ गते देखि फागुन १३ गतेसम्म चुक्ता पूँजीको १ कित्ता बराबर १.५ को दरले हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । उक्त हकप्रद शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।,















