माथिल्लो मैलुङ खोलाको सर्वसाधारणका लागि आईपीओ खुल्ला
वि.सं.२०८० असोज १८ बिहीवार १०:१६
shares

काठमाडौं, १८ असोज । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आजदेदेखि सर्वसाभरणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात आजबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको छ । कम्पनीले ९ हजार २०० कित्ता शेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।



















