Dhulikhel Eco Banner new

सर्वोत्तम सिमेन्टको आईपीओ पुस २५ गतेदेखि

4.88K
shares

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २ लाख ६७ हजार कित्ता विदेशमा रहेकाको लागि र ९ लाख ३० हजार कित्ता आयोजना प्रभावित व्यक्तिको लागि निस्कासन गर्ने लागेको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका, पाल्पाको रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका र निस्दी गाउँपालिकाका बासिन्दाहरु छन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । त्यस्तै सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।