Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले गिरावट

2.59K
shares

काठमाडौं, १० असोज । बिहीबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । शेयर बजार ३२.८१ अंकले घटेर २,४८६ को विन्दुमा कायम भएको छ ।

यसदिन ३९ कम्पनीको शेयर मूल्य बढेको छ र २०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ४अर्ब ८४ करोडको कारोबार भएको हो ।

अधिकांश कम्पनीको घट्दा पनि वीन नेपाल लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएको छ । उक्त कम्पनीको यसदिन ९.८५ प्रतिशतका दरले बढेको छ ।

यसदिन सबैभन्दा धेरै ग्रिन भेन्चरको लगानीकर्ताले सर्वाधिक गुमाएका छन । उक्त कम्पनीको १० प्रतिशतका दरले घटेको छ ।

यस दिन अधिकांश क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.१५, विकास बैंक १.१७, फाइनान्स २.०७, होटल तथा पर्यटन २.३४, हाइड्रोपावर २.३०, लगानी १.७०, जीवन बीमा ०.९३, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.७९, अन्य ०.९७ प्रतिशत घटेको छ । व्यापार समूह १ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रहेको छ ।