दोहोरो अंकले बढेको शेयर बजारमा आज यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ कात्तिक २६ सोमवार १५:१५
shares

काठमाडौं, २६ कात्तिक । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २२.१४ अंकले बढेर २,७६० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ कम्पनीको शेयर मूल्य घटेको छ र ९ कम्पनीको स्थीर रहेको छ ।
दोहोरो अंकले बढेको शेयर बजारमा सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुरास लघुवित्त, मानुषि लघुवित्त र श्रिजनशिल लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
















