शेयर बजारमा दोहोरो अंकले गिरावट, घट्यो कारोबार रकम
वि.सं.२०८१ मंसिर ९ आइतवार १५:०६
shares

काठमाडौं, ९ मंसिर । शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । शेयर बजार १३.०३ अंकले घटेर २,६६७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ र ८ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ७ अर्ब ७२ करोडको कारोबार भएको हो ।
शेयर बजारमा थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको कम्पनीको शेयर मूल्य ९.९१ प्रतिशतका दरले बढेको छ ।
यसदिन सेन्चुरी ऋणपत्रका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ७.७५ प्रतिशतको दरले घटेको छ ।



















