Dhulikhel Eco Banner new

शेयर बजारमा १८१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.3K
shares

काठमाडौं, २१ जेठ । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.८७ अंकले घटेर २,६५२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १६ करोडको कारोबार भएको हो ।

शेयर बजारमा कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ५.८१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ३.७० प्रतिशतका दरले गुमाएका छन् भने सिटिजन्स बैंक ऋणपत्र २०९०का लगानीकर्ताले ३.६४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, उपकार लघुवित्तका लगानीकर्ताले ३.४० प्रतिशतका दरले गुमाएका छन् भने सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.३० प्रतिशतका दरले गुमाएका छन् ।