Dhulikhel Eco Banner new

राष्ट्र बैंकको प्रवक्तामा पण्डित नियुक्त

2.82K
shares

काठमाडौं, २१ जेठ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन्। राष्ट्र बैंकले पण्डितलाई बुधवारदेखि नै लागू हुने गरि नियुक्त गरेको हो ।

वि.सं. २०६२ सालमा राष्ट्र बैंक सेवामा प्रवेश गरेका पण्डितसँग बैंकको विभिन्न महत्त्वपूर्ण विभागहरूमा कार्यानुभव रहेको छ। उनले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा उल्लेखनीय जिम्मेवारी सम्हालेका छन्।

हाल पण्डित राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा कार्यरत छन्। दीर्घ अनुभव र गहिरो विषयगत ज्ञानले युक्त पण्डितको प्रवक्ताको भूमिकामा नियुक्तिसँगै बैंकको सार्वजनिक सूचना सम्प्रेषण प्रणाली अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, सूचना अधिकारी (सह प्रवक्ता)मा सुमन न्यौपाने र सहायक सूचना अधिकारी डा भागवत आचार्य भने यथावत नै रहेका छन् ।