Dhulikhel Eco Banner new

आदर्श लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

4.49K
shares

काठमाडौं, ५ असार । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । असार १ गतदेखि बिक्री खुल्ला गरेको संस्थाको आईपीयो भर्नका लागि आज साँझसम्मका समय रहेको छ ।

लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निष्काशन गरेको कुल ६७ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ६२ हजार ६१५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

विवरणपत्र अनुसार सो आइपीओमा छिटोमा असार ६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएपनि सरकारले आइतबारको बिदा कटौति गरेका कारण कम्पनीले आज निष्काशन तथा बिक्री बन्द गर्न लागेको बताएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।