मर्जरको प्रस्तावसहित रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा
वि.सं.२०७९ असार ५ आइतवार १०:३१
shares

काठमाडौं, ५ असार । रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा असार २० गते बस्ने भएको छ । कम्पनीको असार ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।
सभा अनमोल बैङक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे हुने छ । सभामा कम्पनीको पूँजी वृद्धि गर्ने र जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने सम्बन्धी छलफल हुने बताइको छ ।
कम्पनीको बुक क्लोज असार १० गते हुने छ । असार ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरु मात्र बिशेष साधारण सभामा भाग लिन योग्य हुने छन्



















