Dhulikhel Eco Banner new

लगानीकर्तासँग वार्ता गर्न समिति गठन नगर्ने बोर्ड अध्यक्षको घोषणा

6.8K
shares

काठमाडौं, ७ असार । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्तासँग वार्ता गर्न वार्ता समिति गठन नगर्ने बताएका छन् । लगानीकर्ताका मागहरु पुरा गर्न बोर्ड गम्भीर रहेको र वार्ता समिति गठन नगरी सिधै कार्यान्वयनमा आफूले ध्यान दिने अध्यक्ष हमालले बताए ।

मंगलबार पत्रकार सम्मेलन गरेर उनले लगानीकर्ताका धेरै मागहरु बोर्डसँग नै सम्बन्धित रहेको र पुरा हुने क्रममा रहेको बताए । धेरै मागहरु आगामी साउन र भदौमा कार्यान्वयनमा जाने उनले बताए ।