Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो

4.25K
shares

काठमाडौं, २३ मंसिर । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ७.३९ अंकले बढेर २६१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ७५ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

यसदिन हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.८८ प्रतिशतका दरले गुमाएका छन् ।