Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.46K
shares

काठमाडौं, २३ मंसिर । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ७.३९ अंकले बढेर २६१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ७५ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

यसदिन श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने माथिल्लो मेलुन खोला जलविद्युत लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका भने स्वेट(गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.७६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सुपर माडी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.१० प्रतिशतका दरले कमाएका छन्