Dhulikhel Eco Banner new

शेयर बजारमा १०१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

4K
shares

काठमाडौं, २३ मंसिर । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ७.३९ अंकले बढेर २६१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ७५ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा हिम स्टार ऊर्जा कम्पनी लिमिटेड लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.८८ प्रतिशतका दरले गुमाएका हुन् ।

यसरिन मिथिला लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.४६ प्रतिशतका दरले गुमाएका हुन् ।

त्यसैगरी कालिका लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.३२ प्रतिशतका दरले गुमाएका हुन् ।

त्यसैगरी लक्ष्मी सनराइज बैंकका लगानीकर्ताले २.५९ प्रतिशतका दरले गुमाएका हुन् भने शुद्ध ऊर्जा लिमिटेडका लगानीकर्ताले २.११ प्रतिशतका दरले गुमाएका हुन् ।