GBIME

जनकपुर रेल सेवा तीन दिनको लागि बन्द

420
shares

काठमाडौं २३ वैशाख । भारतमा लोकसभा चुनावका लागि नेपाल भारत बोर्डर सिल गर्न लागेकाले जयनगर जनकपुर भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ ९वैशाख २५० मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएको छ । त्यसैले आजदेखि नै जयनगर जनकपुर भंगहा रेलसेवा बन्द भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जन झाले आज सूचना जारी गर्दै आईतवारदेखि मंगलवारसम्म तीन दिन जयनगर जनकपुर भंगहा खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने जनाएका छन् ।