Dhulikhel Eco Banner new

मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश भिड्दै

4.58K
shares

काठमाडौं, ११ असोज । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । घरेलु मैदान दशरथ रंगशालामा दुई देश बीचको खेल नेपाली समय अनुसार ५ः३० बजे खेल सुरु हुनेछ ।

घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिने योजना सहित मैदानमा उत्रिने छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो । उसले कम्बोडियालाई १–० गोल अन्तरले हराएको थियो ।