युएई विरुद्धको पहिलो एकदिवसिय क्रिकेटमा नेपाल पराजित
वि.सं.२०७९ कात्तिक २८ सोमवार १७:२१
shares

काठमाडौं, २८ कात्तिक । नेपाल भ्रमण रहेको युएईले पहिलो एक दिवसिय क्रिकेट खेलमा नेपाललाई पराजित गरेको छ । त्रि.वि क्रिकेट मैदानमा २६४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारीत ओभरमा ९ विकेट गुमाएर १७९ रन मात्रै बनाए पछि युएईले पहिलो खेलमा ८४ रनको जित हासिल गरेको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधीक ५४ रनको योगदान दिए । त्यस्तै डेब्यु गरेका अर्जुन साउदले पनि ५१ रनको अर्धशतकिय पारी खेले पनि टोलिलाई जित दिलाउन सकेन् । त्यस्तै गुल्सन झाले १९ रनको योगदान दिए भने आशिफ शेखले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
युएईका लागि सस्तैमा समेट्नेक्रममा युएईका युएईका आयन अफ्जल खानले ४ विकेट लिए । त्यस्तै बसिल हामिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो । उसका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय पारी खेले । यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए ।
नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए । यो जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । अब युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल बुधबार, तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।















