Dhulikhel Eco Banner new

वेल्समाथि इरानको सहज जित

5.46K
shares

काठमाडौं, ९ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजको पहिलो खेलमा इरान विजयी भएको छ । इरानले इल्सलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

अहमद बिन अलि रंगशालामा भएको खेलमा इरानलाई जित दिलाउन रुजबेह चेश्मी र रमिन रेजाईयनले गोल गरे । खेलको अन्तिम समयमा सम्मलिन नसक्दा वेल्स पराजित हुन पुगेको हो । नियमित समय गोल रहित बराबरीमा सकिएको खेलमा थप गरिएको खेलको ८ औँ र ११ औँ मिनेटमा इरानले गोल गरेको थियो ।

यो जितसँगै इरानले २ खेलबाट ३ अंक जोडेको छ । पराजित वेल्सको भने १ अंक रहेको छ । वेल्सले पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो इरान इंग्ल्याण्डसँग पराजित भएको थियो ।