युएई विरुद्ध पहिले बलिङ गर्दै नेपाल
वि.सं.२०७९ चैत २ बिहीवार १०:३१
shares

काठमाडौं, २ चैत । विश्वकप छनोटमा स्थान बनाउनका लागि महत्वपूर्ण रहेको युएई विरुद्धको खेलमा नेपाली टोलिले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको अन्तिम खेलमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँग नेपाली टोलिले पहिले क्षत्र संरक्षण गरिरहेको हो ।
२०१९ बाट सुरु भएको विश्वकप लिग टू सिरिजको यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनाका साथ मैदान उत्रेको छ । एकदिवसीय मान्यता जोगाएको नेपाल यो खेलमा जित निकालेको खण्डमा सिधै विश्वकप छनोटमा पुग्ने छ । पराजित भएको खण्डमा नामिबिया सिधै छनोट हुनेछ ।
नेपाल नामिबियाभन्दा १ अंकले पछि रहेको छ । नामिबियाको ३९ अंक रहेको छ भने नेपाली टोलि ३८ अंकका साथ चौथो स्थानमा रहेको छ । पहिले बलिङ गरिरहेको नेपालले सामान्य सुरुवात गरेको छ । यो समाचार तयारपार्दासम्म नेपालले युएईको १ विकेट लिएको छ । युएईले १२ ओभर १ विकेट गुमाएर ७० रनमा खेलिरहेको छ ।


















