Dhulikhel Eco Banner new

प्रतितोला ६ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

4.16K
shares

काठमाडौं, १४ पुस । स्थानीय बजारमा सोमवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार प्रतितोला २ लाख ७० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य सोमवार ६ सयले घटेर तोलामा २ लाख ७० हजारमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मुल्य पनि ६० रुपैयाँले बढेको छ । आइतवार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य सोमवार तोलामा ४ हजार ८ सय ९५ रुपैयाँमा कायम भएको छ ।