Dhulikhel Eco Banner new

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

4.46K
shares

काठमाडौं, १३ माघ । स्थानीय बजारमा मंगलवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार प्रतितोला ३ लाख ९ हजारमा कारोबार भएको सुनको मुल्य मंगलवार ३ सयले बढेर तोलामा ३ लाख ९ हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मुल्य पनि १०५ रुपैयाँले बढेको छ । सोमवार प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य मंगलवार तोलामा ६ हजार ८ सय ७० रुपैयाँमा कायम भएको छ ।