प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख ११ शुक्रवार ११:०२
1.04K
shares
shares

काठमाडौं, ११ वैशाख । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार २ सयले घटेको हो ।
महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९८ हजार ७ सयमा कारोबार भएको सुन शुक्रवार घटेर प्रतितोला २ लाख ९६ हजार ५ सयमा कायम भएको छ ।
त्यसैगरी, शुक्रवार चाँदीको मूल्य ७५ रुपैयाँले घटेको छ । बुधवार प्रतितोला ५ हजार २० रुपैयाँ कारोबार भएको चाँदी शुक्रवार ४ हजार ९ सय ४५ रुपैयाँमा कायम भएको हो ।



















