सुनको मुल्य बढ्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असार २८ आइतवार ११:०१
936
shares
shares

काठमाडौं, २८ असार । स्थानीय बजारमा आइतवार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य ६ सयले बढेको छ।
महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ८७ हजार ४ सयमा कारोबार भएको सुनआइत वार बढेर प्रतितोला २ लाख ८८ हजार मा कायम भएको छ ।
त्यसैगरी, आइतवार चाँदीको मूल्य १ सय ३५ रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कायम भएको चाँदी आइतवार ४ हजार ४ सय ७५ रुपैयाँमा कायम भएको हो ।



















