घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ साउन २७ बुधवार ११:०२
728
shares
shares

काठमाडौं, २७ साउन । स्थानीय बजारमा बुधबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ हजार २ सयले घटेको छ।
महासंघका अनुसार सुन मंगलबार प्रतितोला ३ लाख ७ हजार ९ सयमा कारोबार भएको सुन बुधबार घटेर प्रतितोला ३ लाख ६ हजार ७ सयमा कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । मंगलबार ४ हजार ७ सय ८० मा कायम भएको चाँदी बढेर बुधबार ४ हजार ७ सय ४५ मा कायम भएको हो ।















